सामान चिन्ने खेल

सिकाइ उद्देश्य

• अनुमान गर्न सक्नेछन्, र • दैनिक प्रयोगमा आउने सामग्रीको नाम सम्झन सक्नेछन्

आवश्यक समाग्रीहरू

झोला वा कार्टुन, बालबालिकाले प्रयोग गर्ने विभिन्न सामानहरू, रङ्ग, बल, खेलौना, कापी, किताब ।

मुल्याङ्कन

सामग्रीको नाम सम्झन र भन्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकाले प्रयोग गर्ने सामानहरू झोला वा कार्टुनमा राख्ने । बालबालिकाको आँखा छोपिदिने वा नहेरिकन एकएक ओटा सामान झिक्दै नाम भन्न लगाउने । दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकालाई पहिले कुनकुन सामान छ बताउने र सामान छाम्न दिएर नाम भन्ने, त्यसपछि झिक्दै चिन्न लगाउने ।