माला उन्ने

सिकाइ उद्देश्य

• आँखा र हातबीचको समन्वय विकास हुनेछ, र • स्वावलम्बनको सीप विकास हुनेछ ।

आवश्यक समाग्रीहरू

प्वाल पारेको खोयाका टुक्रा, निगालोका टुक्रा, लुगा सिउने धागोको टोटाबाट लिइएका टुक्राहरु वा प्वाल बनाएको प्लाष्टिकको बिर्कोहरू, ऊनी धागो वा अरू कुनै मसिनो डोरी ।

मुल्याङ्कन

माला बनाउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई प्वाल पारेको खोयाका टुक्रा, निगालोका टुक्रा, लुगा सिउने धागोको टोटाबाट लिइएका टुक्राहरू वा प्वाल बनाएको प्लाष्टिकको बिर्कोहरू दिने र स्वतन्त्ररूपमा वा कुनै डिजाइन दिएर ऊनी धागो वा अरू कुनै मसिनो डोरीहरूमा उन्न लगाउने । विभिन्न ढाँचाको माला बनाउन लगाउने । साथै, पत्रिकाको रोल बनाएर रङ्ग लगाउन र मालाको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।