पट्याउने

सिकाइ उद्देश्य

• सूक्ष्म अङ्गहरूको विकास हुनेछ, र • दैनिक जीवनका सीप सिक्नेछन् ।

आवश्यक समाग्रीहरू

रूमाल वा पट्याउने कपडा ।

मुल्याङ्कन

कपडा वा रूमाल पट्याउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई विभिन्न आकारका १०-१० इन्चका कपडा वा रूमाल दिने र पट्याउन लगाउने । यो क्रियाकलाप पटकपटक अभ्यास गराउने । सुनाइ, दृष्टि र विकासात्मक अपाङ्गता भएका बालबालिकाका लागि सङ्केतको प्रयोग गरेर, छाम्न दिएर र सहपाठी साथीहरूसँग जोडी वा समूहमा रुमाल वा कपडा पट्याउने कार्य गर्न लगाएर सहजीकरण गर्ने ।