टिप्ने र खन्याउने

सिकाइ उद्देश्य

• आँखा र हातबीचको समन्वय विकास हुनेछ, र • गन्ती सिक्नेछन् ।

आवश्यक समाग्रीहरू

सानो चिम्टा, चम्चा, गेडागुडी, मस्यौरा, ससाना दानाहरू, दुईओटा कचौरा वा प्लाष्टिकको ग्लास वा बट्टा ।

मुल्याङ्कन

गेडागुडी चम्चाले तथा औंलाले टिप्न र सार्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई सजिलोसँग बसाउने । एउटा कचौरामा मस्यौरा, गेडागुडी वा दानाहरू राख्ने । त्यसपछि, चम्चा र अर्को खाली कचौरा दिने । अब एकएक गरी चम्चाले गेडागुडी एउटा कचौराबाट अर्को कचौरामा सार्न लगाउने । औंलाले टिप्ने, खन्याउने, दुइओटा औंलाले, तीनओटा औंलाले, चारओटा औंलाले टिप्न अभ्यास गराउने, खुट्टाको औंलाले टिप्ने अभ्यास गराउने (चम्चा वा हातले नसक्नेले मुख वा कुहिनाको सहयोग लिन सक्छन्) । यसै गरी सानो चिम्टा वा लुगा च्याप्ने क्लिप दिने । एकएक दाना च्याप्दै एक कचौराबाट अर्कोमा सार्न लगाउने । यसरी पटकपटक टिप्ने र खन्याउने गर्न लगाउने । कतिओटा खन्याए, सो गन्न लगाउने, धेरै वा थोरै भन्न लगाउने ।