सामान खन्याउने, सार्ने

सिकाइ उद्देश्य

• आँखा र हातबीचको समन्वय विकास हुनेछ, सूक्ष्म अङ्गहरूको विकास हुनेछ, र • दैनिक जीवनका सीप सिक्नेछन् ।

आवश्यक समाग्रीहरू

कचौरा, चम्चा, चिम्टा , जग वा मग, सुख्खा गेडागुडीहरू, पानी ।

मुल्याङ्कन

गेडागुडी सार्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई एउटा कचौरामा सुख्खा गेडागुडीहरू राखेर दिने । अर्को कचौरा वा बराबरको अर्को भाँडामा खन्याउन लगाउने । यसरी खन्याउँदा हातका २ वा ३ औंलाले मात्र समाएर खन्याउन लगाउने । यसै गरी चम्चा दिने र एकबाट अर्को भाँडामा खन्याउन भन्ने । क्रमशः चिम्टाले खन्याउन वा सार्न लगाउने । एउटाबाट बराबरका दुइटा भाँडामा सार्न लगाउने, एउटाबाट साना र ठूला भाँडामा सार्न लगाउने । यसै गरी पानी वा अन्य वस्तु पनि एउटा भाँडाबाट अर्को भाँडामा खन्याउन वा सार्न लगाउने । दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकालाई छामेर सार्न लगाउने । चम्चा वा हातले नसक्नेले मुख वा कुहिनाको सहयोग लिन सक्नेछन् ।