भकुण्डो/बल पास गर्ने खेल खेल्ने

सिकाइ उद्देश्य

• स्थूल अङ्गहरूको विकास हुनेछ, र • शारीरिकरूपमा सक्रिय हुनेछन् ।

आवश्यक समाग्रीहरू

बल वा भकुण्डो ।

मुल्याङ्कन

बालबालिकाले बल फाल्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई वरिपरि गोलो घेरामा राख्ने र शिक्षकले एकएक गरी सबैलाई बल पास गर्ने । उनीहरूले अर्को साथीलाई पालैपालो बल दिनुपर्ने हुन्छ । बल खेल्ने विभिन्न तरिकाहरू अपनाउन सकिन्छ, जस्तै:- टाउकोमाथि, दायाँबाट, बायाँबाट, खुट्टामुनिबाट बल साथीलाई दिन लगाउने । शारीरिक अपाङ्गता भएका बालबालिकालाई हातले ठेलेर र छोएर मात्र पनि सहभागी गराउन सकिन्छ ।