माटोका विभिन्न आकारका वस्तुहरू बनाउने र चिनाउने ।

सिकाइ उद्देश्य

• स्पर्श शक्तिको विकास हुनेछ, • ज्ञानेन्द्रिय सीपको विकास हुनेछ, र • ध्यान केन्द्रित गर्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

माटो, पानी, विभिन्न वस्तुको चित्रपत्ती र शब्दपत्ती ।

मुल्याङ्कन

माटो वा पिठोका विभिन्न आकार बनाउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

शिक्षकको निगरानीमा माटोलाई मुछेर राख्ने । सबै बालबालिकालाई मुछेको माटो दिने र विभिन्न प्रकारको आकार बनाउन लगाउने (गहुँको पिठो वा अन्य यस्तै सामग्रीको पनि प्रयोग गरेर बनाउन सकिन्छ) । आकार बनाएको सामग्री र चित्रपत्ती तथा शब्दपत्तीको जोडा मिलाउन सहयोग गर्ने । दृष्टि, सुनाइ र विकासात्मक अपाङ्गता भएका बालबालिकालाई छाम्न दिएर, सङ्केतको प्रयोग गरेर र सहपाठी साथीहरूसँग जोडी वा समूहमा कार्य गर्न लगाएर सहजीकरण गर्ने ।