रङ्गको चिनारी खेल

सिकाइ उद्देश्य

• रङ्गको नाम भन्न सक्नेछन्, • रङ्गसँग सम्बन्धित वास्तविक सामग्री छुट्याउन सक्नेछन्, र • दैनिक जीवनमा प्रयोगमा आउने वस्तुहरूको रङ्ग चिन्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

विभिन्न रङ्गको पत्ती (color cards), दैनिक प्रयोगमा आउने सामग्रीहरू जस्तै कपडा, रङ्गीन कागज, विभिन्न आकारका रङ्गीन दानाहरू ।

मुल्याङ्कन

दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरूको रङ्ग चिन्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

शिक्षक वा सहजकर्ताले रङ्गीन पत्तीहरू एक ठाउँमा राख्ने । एकएक गरी देखाउँदै नाम भन्ने (बालबालिकाको आवश्यकताअनुसार फरक रङ्गको समायोजन गर्न सकिनेछ) । रङ्गको नाम उच्चारण गर्दै रङ्गीन पत्तीलाई अलग्गै राख्ने । त्यसपछि, बालबालिकालाई जोडा मिलाएर राख्न र रङ्गको नाम भन्न लगाउने । पालैपालो सबै बालबालिकालाई यो क्रियाकलाप गर्न लगाउने र पटकपटक दोहोर्‍याउने । दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरूको रङ्गसँग जोडेर उदाहरणसहित सिकाउने र अभिव्यक्त गर्न लगाउने । ठोस वस्तुहरू, जस्तै:- कपाल वा कपडाको रङ्ग देखाउने, छाम्न लगाउने । बालबालिकाको आवश्यकताअनुसार फरक रङ्गको समायोजन गर्न सकिनेछ ।