विभिन्न तरकारीको चिनारी ( काउली, प्याज, बन्दा, गोलभेँडाडा, फर्सी, सिमी, मूला, केराउ)

सिकाइ उद्देश्य

• विभिन्न तरकारीको नाम भन्न सक्नेछन्, र • विभिन्न तरकारी प्रयोगबाट हुने फाइदा बताउन सक्नेछन् ।

आवश्यक समाग्रीहरू

ठोस तरकारी, तरकारीका चित्र, चित्रपत्ती, शब्दपत्ती, मोडल, कैंची, गम, रङ्ग ।

मुल्याङ्कन

विभिन्न तरकारीको नाम भन्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई मौसमअनुसारको तरकारी देखाउँदै नाम भन्न लगाउने । यसै गरी तरकारीको इम्बोस्ड गरिएका चित्र देखाउँदै नाम भन्न लगाउने । तरकारीको चित्र बनाउन र रङ्ग भर्न लगाउने । तरकारीको चित्र र नाम लेखेको पत्तीहरू जोडा मिलाउन लगाउने । दृष्टि, सुनाइ र विकासात्मक अपाङ्गता भएका बालबालिकालाई छाम्न दिएर तथा सङ्केतको प्रयोगबाट सहजीकरण गर्ने । तरकारीको वर्गीकरण, अवलोकन र तुलना गराउने ।