घरायसी सामानको चिनारी

सिकाइ उद्देश्य

• विभिन्न घरायसी सामानहरूको पहिचान गर्न सक्नेछन्, र • त्यसको प्रयोग बताउन सक्नेछन् ।

आवश्यक समाग्रीहरू

टिभी, घडी, फोन, मोबाइल, छाता, मेच, कम्युटर, टेबुल, दराज, क्यामरा आदिका चित्रहरू ।

मुल्याङ्कन

घरायसी सामानहरूको नाम र प्रयोग बताउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

टिभी, घडी, फोन, मोबाइल, छाता, कम्युटर, टेबुल, दराज, क्यामरा आदिका इम्बोस्ड गरिएका चित्र देखाउँदै नाम भन्न लगाउने । उक्त वस्तुको चित्रमा रङ्ग भर्न लगाउने । सामानहरूको चित्र र नाम जोडा मिलाउने । सो वस्तु र अरू वस्तु छुट्याउन लगाउने । दृष्टि, सुनाइ र विकासात्मक अपाङ्गता भएका बालबालिकाका लागि सामग्रीको बारेमा बताउन, प्रयोग र अभ्यास तरिका बुझाउन ती सामग्री छाम्न दिएर, सङ्केतको प्रयोग गरेर देखाउँदै सहजीकरण गर्ने ।