चाडबाड मनाउने

सिकाइ उद्देश्य

• पारिवारिक पर्व, समुदायमा मनाइने पर्व तथा राष्ट्रिय पर्वका बारेमा भन्न सक्नेछन्, र • चाडबाडमा लगाइने पहिरन तथा खानाका परिकारका नामहरू भन्न सक्नेछन् । बारेमा थाहा पाउनेछन् ।

आवश्यक समाग्रीहरू

विभिन्न चाडबाड झल्कने पहिरन र खानाका चित्र, गीत तथा बाजाहरू ।

मुल्याङ्कन

पारिवारिक पर्व, समुदायमा मनाइने पर्व र राष्ट्रिय पर्वका बारेमा बताउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

यो क्रियाकलाप चाडपर्व पर्ने समयमा नै बालबालिकासँग चाडपर्व मनाएर गराउन सकिन्छ । यसरी मनाउँदा, कुन चाड मनाइने हो सोबारे बताउनु पर्दछ । बालबालिकालाई विभिन्न चाडबाड झल्कने पहिरन लगाइदिने तथा त्यस दिन खाने खानेकुराहरू बनाएर खाने वा खुवाउन सकिनेछ । यसै गरी चाडपर्वसँग सम्बन्धित नाचगान गर्ने, गीत गाउन लगाउने गर्नु पर्दछ । उक्त चाड झल्कने कार्डहरू बनाउने, चित्र बनाएर रङ्ग भर्न लगाउने गर्न सकिन्छ । दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकालाई चाडबाडमा लगाउने लुगा तथा परिकारको बारेमा सरल तरिकाले बताउने ।