महिना चिनारी

सिकाइ उद्देश्य

• महिनाहरू चिन्न र भन्न सक्नेछन्, र • विभिन्न महिनामा पर्ने चाडपर्वहरूको नाम भन्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

क्यालेण्डर तथा प्रत्येक महिनामा पर्ने चाडपर्वहरूको नाम लेखिएको कार्डहरू । जस्तैः (वैशाख – नयाँ वर्ष, बैसाखी, बिस्केट जात्रा; जेठ -बुद्ध जयन्ती; असार -दही चिउरा खाने; श्रावण -जनै पूर्णिमा, गाईजात्रा, कृष्ण जन्मअष्टमी; भदौ – तीज; असोज- दशैँ; कार्तिक-तिहार; मङ्सीर -विवाह पञ्चमी; पुष – क्रिसमस डे; माघ – माघी, श्री पञ्चमी; फागुन -शिवरात्री, होली; चैत्र -घोडेजात्रा ) ।

मुल्याङ्कन

महिनामा पर्ने चाडपर्व बताउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

वैशाख महिनामा वैशाख महिनालाई चिनाउने विभिन्न क्रियाकलाप गराउने । वैशाख महिनामा पर्ने चाडबाडको बारेमा बताउने । वैशाख महिनामा पर्ने चाडबाडको पेपरमा रङ्ग भर्न लगाउने । यस्तै विभिन्न क्रियाकलापहरू कक्षाकोठामा प्रदर्शन गरेर देखाउने । जस्तै-होलीमा होली मनाउने, तिहारमा देउसी भैलो खेल्ने, महिनाअनुसारको गीत गाउने, धुन बजाउने । जुन महिना हो त्यसलाई हाइलाइट गर्ने । महिनाअनुसारको साङ्केतिक चित्रबाट छुट्टयाउन लगाउने । (जस्तै- असोजमा दशैं झल्कने पिङ आदिको चित्र, असारमा धान रोपेको चित्र) । स्थानीय परिवेशमा मनाइने चाडपर्व वा विशेषतासँग जोडेर महिना चिनाउने । दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकालाई महिनाको बारेमा र कुन महिना के हुन्छ वा त्यो महिनामा गरिन्छ भनेर बताउने ।