आफ्नो नाम चिन्ने

सिकाइ उद्देश्य

• आफ्नो फोटो र नाम चिन्न सक्नेछन्, • साथीहरूको नाम चिन्न सक्नेछन्, र • आफ्नो र साथीहरूको नाम छुट्याउन सक्नेछन् ।

आवश्यक समाग्रीहरू

अध्ययनरत बालबालिकाको नाम कार्ड, बालबालिकाको फोटो, ध्वनिका लागि आवाज आउने वस्तु, इम्बोस्ड वा भेलक्रो भएको नाम कार्ड, चार्ट पेपर ।

मुल्याङ्कन

फोटो र नाम चिन्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

चार्ट पेपरमा बालबालिकाको नाम ठूलो अक्षरमा लेख्ने र फोटो टाँस्ने । अर्को चार्ट पेपरलाई काट्ने र कार्ड बनाउने । कार्डको एकापट्टि बालबालिकाको नाम लेख्ने र अर्कोपट्टि कार्डमा भेलक्रो राखेर टाँस्ने बनाउने । बालबालिकालाई आफ्नो नाम र फोटो भएको चार्ट पेपरमा नाम कार्ड टाँस्न लगाउने । दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि नाम कार्डलाई ध्वनि जडित बनाउने, इम्बोस्ड गर्ने र सङ्केत नाम (साङ्केतिक नाम) दिने ।