विषयवस्तुमा आधारित मोडेल ठूलो चित्र, सानो चित्र र शब्दपत्ती मिलाउने खेल

सिकाइ उद्देश्य

• समस्या समाधान गर्न सक्ने क्षमता बढ्नेछ, • मूर्त वस्तुलाई अमूर्त धारणासँग जोड्न सक्नेछन्, • चित्रहरू चिनेर शब्दपत्ती राख्न जान्नेछन्, • चित्रहरूको नाम भन्न जान्नेछन्,र • शब्दपत्ती पढ्न जान्नेछन् ।

आवश्यक समाग्रीहरू

A4 size मा बनाएको विषयवस्तुसँग सम्बन्धित चित्र, वास्तविक फल, चित्रसँग सम्बन्धित शब्दपत्ती ।

मुल्याङ्कन

चित्र र शब्दपत्ती मिलाउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई सहज बसाइको व्यवस्था गरी सामग्रीहरूको परिचय दिने । प्रत्येक वास्तविक फलसँग सम्बन्धित छलफल गर्ने र गराउने । प्रत्येक वास्तविक फलसँग सम्बन्धित इम्बोस्ड गरिएको ठूलो चित्र, सानो चित्र र शब्दपत्तीलाई मिलाएर प्रदर्शन गरी देखाउने । बालबालिकालाई ठूलो चित्रपत्ती, सानो चित्रपत्ती र शब्दपत्तीसँग जोडा मिलाउँदै सँगसँगै भन्न पनि लगाउने र यो क्रियाकलाप सबै बालबालिकालाई पालैपालो गराउने ।