वस्तुहरू चिन्ने

सिकाइ उद्देश्य

• वास्तविक वस्तुका मोडेलहरू चिन्न र नाम भन्न सक्नेछन्, • वस्तुको नाम पढ्न सक्नेछन्, र • समस्या समाधान गर्ने सीप सिक्नेछन् ।

आवश्यक समाग्रीहरू

६ ओटा मोडेल, चित्रपत्ती र नामपत्ती

मुल्याङ्कन

जोडा मिलाउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई गोलो घेरामा राखी कम्तीमा ६ ओटा मोडेल तथा चित्रपत्ती र नामपत्तीको परिचय दिने । मोडेलहरूलाई सबैको हात-हातमा दिएर नाम भन्न लगाउने । मोडेलहरूलाई देब्रेबाट दाहिनेतिर राख्ने । मोडेलहरूलाई राख्दै गर्दा त्यससँग सम्बन्धित प्रश्न गरी छलफलहरू गर्ने, जस्तै:- यस्तो कहाँ देख्नु भएको छ । सबै मोडेलहरू राखिसकेपछि एकएक गर्दै नामकार्डहरू पढ्दै मिल्दो मोडेलसँग नामपत्ती जोडा मिलाएर राख्ने । ठोस वस्तु र चित्रपत्तीको जोडा मिलाउने । मोडल छामेर त्यसको बारेमा भन्न लगाउने । बालबालिकालाई २ जनाको जोडा बनाएर पनि खेलाउन सकिन्छ ।