आकार खेल

सिकाइ उद्देश्य

• विभिन्न आकार चिन्नेछन्, र • गन्ती सिक्नेछन् ।

आवश्यक समाग्रीहरू

आकार भएको डाइस, त्रिभुज, गोलाकार, आयाताकार, षट्कोण आदि विभिन्न आकारका कार्डहरू ।

मुल्याङ्कन

डाइसमा भएको आकार चिने नचिनेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई ४-५ जनाको समूह बनाएर प्रत्येक एक जनालाई उही आकार भएका ५-६ ओटा कार्ड दिने, अब एकएक जनालाई पालैपालो आकार भएको डाइस गुल्टाउन लगाउने । डाइस गुल्टाउँदा आउने आकार र डाइस गुल्टाउनेसँग पहिल्यै कार्डमा भएको आकार मिलेमा त्यो कार्ड देखाएर अलग्गै भुइँमा राख्दै फेरि डाइस गुल्टाउन दिने । तर डाइसमा आफूसँग कार्डमा नभएको आकार आएमा, डाइस अर्को साथीलाई गुल्टाउन दिने । यसरी डाइस गुल्टाउँदै खेल्न लगाउने । अन्त्यमा जसको कार्डहरू पहिले सकिन्छ, उसलाई आफ्नो कार्ड सकियो भनेर भन्न लगाउने । सुनाइ र दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकालाई पनि अपाङ्गता नभएका बालबालिकासँग जोडी बनाएर खेलाउन सकिन्छ ।