अक्षर खोज (Letter hunt)

सिकाइ उद्देश्य

  • अक्षर चिन्न र भन्न सक्नेछन्, र
  • समस्या समाधानका उपाय सिक्नेछन् ।

आवश्यक समाग्रीहरू

अक्षरपत्ती ।

मुल्याङ्कन

अक्षर खोज्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई गोलो घेरा हुने गरी वरिपरि राख्ने र अक्षरपत्ती खेल विधि बारेमा बताउने । अक्षरपत्तीलाई छरेर/ लुकाएर राख्नुअघि राम्रोसँग देखाउँदै चिनाउने र अक्षरको नाम भन्न लगाउने । त्यसपछि, खेल मैदानमा सुरक्षित स्थानमा अक्षरहरूलाई लुकाउने/ छरेर राख्ने । बालबालिकालाई खोज्न लगाउने । जसले धेरै अक्षरपत्ती सङ्कलन गर्छ, उसलाई स्याबासी दिने । अक्षरपत्तीमा ब्रेल र सङ्केत प्रयोग गरी बहुउपयोगी हुने गरी पनि प्रयोग गर्न सकिन्छ । क्रियाकलाप गराउनुअघि क्रियाकलापबारे राम्रोसँग बताउनुपर्छ ।नोट: सङ्कलन गरिएका अक्षरपत्तीको उच्चारण गर्न लगाउनुपर्छ । यसै गरी, यस खेल विधिबाट अन्य विषयवस्तुको समेत अवधारणा दिन सकिन्छ । अङ्कपत्ती, वस्तुपत्ती प्रयोग गरेर अङ्क वा वस्तु खोज्न पनि लगाउन सकिन्छ ।