ध्वनि पहिचान (सुनेर चिन्ने)

सिकाइ उद्देश्य

• विभिन्न आवाज आउने सामग्रीहरू ।

आवश्यक समाग्रीहरू

विभिन्न क्रियाकलाप (ताली बजाउने, हिँड्ने, ढोका खोल्ने, बन्द गर्ने, पानी खन्याउने, घण्टी, सिटी, ड्रम• • • ) बाट पैदा हुने ध्वनि पहिचान गर्न सक्नेछन् ।

मुल्याङ्कन

आवाज चिन्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

कम्तीमा (५ ओटा) फरकफरक आवाज आउने सामान/वस्तुहरू राख्ने । ध्वनि पहिचानका लागि गराइने क्रियाकलापको छनोट गर्ने । प्रत्येक वस्तुबाट आउने ध्वनि वा आवाजलाई पालैपालो सुन्न दिने र फरक आवाज पहिचान गराउने । यो क्रियाकलाप पटकपटक अभ्यास गराउने । आँखा बन्द गरी ध्वनि पहिचान गर्न लगाउने । बालबालिकाको वैयक्तिक क्षमताको आधारमा ठूलो/सानो ध्वनि प्रयोग गर्ने (यसका लागि घण्टी, प्लेट, चम्चा, मादल आदिको प्रयोग गर्न सकिन्छ) । दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकालाई आवाज आउने सामग्रीहरू छाम्न दिएर कम्पन महसुस गराउन सकिन्छ ।