बास्ना पत्ता लगाउने

सिकाइ उद्देश्य

• गन्ध वा बास्नाको आधारमा वस्तु छुट्याउन सक्नेछन्, र • दैनिक जीवनमा प्रयोगमा आउने वस्तुको बास्ना चिन्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

विभिन्न बास्ना आउने सामग्री (लसुन, ज्वानो, बेसार, अदुवा, धनियाँ) एउटै खालको बट्टामा (बिर्को भएको) राखिएको, मलमलको कपडाका टुक्राहरू (सामग्री पोको पार्न) ।

मुल्याङ्कन

आवाज चिन्न सकेबास्ना चिन्न सके नसकेको हेर्ने ।बास्ना चिन्न सके नसकेको हेर्ने । नसकेको हेर्ने ।

क्रियाकलाप विधि

सम्पूर्ण बास्नायुक्त सुँघ्ने सामग्रीहरू तयार गरेर बट्टामा राख्ने वा मलमलको कपडामा पोको पार्ने । बालबालिकालाई पालैपालो बास्ना सुँघ्न लगाउने । सहजकर्ताले सुँघ्दै वस्तुको नामसहित देखाउँदै, भन्दै जाने । प्रत्येक बालबालिकालाई फरकफरक सामग्रीहरू एकएक गरी सुँघ्न लगाई नाम भन्न लगाउने । बालबालिकाको आँखामा पट्टी बाँधी वा आँखा बन्द गर्न लगाई विभिन्न बास्ना आउने वस्तुहरू सुँघ्न लगाई नाम भन्न लगाउने । यो दृष्टिसम्बन्धी अपाङ्गता र विकासात्मक अपाङ्गता भएका बालबालिकाका लागि उपयुक्त क्रियाकलाप हो । सावधानी – वस्तु सुघाउँदा कडा बास्ना आउने वस्तु र धेरै नजिकबाट बालबालिकालाई सुँघ्न दिनु हुँदैन ।