विभिन्न बनावटका (texture) कपडाका टुक्राहरूको जोडा मिलाउने खेल

सिकाइ उद्देश्य

• स्पर्श क्षमताको वृद्धि हुनेछ, • नरम, कडा, खस्रो, चिप्लो शब्दहरू भन्न र त्यस्ता वस्तुहरू चिन्न सक्नेछन्, र • जीवनमा प्रयोगमा आउने नरम, खस्रो, चिल्लो जस्ता विभिन्न बनावटहरू अनुभवसहित व्यक्त गर्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

विभिन्न बनावटका (नरम, चिप्लो, खस्रो, कडा) कपडाका टुक्राहरू (एउटै आकारमा काट्ने), कार्डबोर्डका टुक्राहरू ।

मुल्याङ्कन

विभिन्न बनावटका टुक्राहरू चिन्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

कार्डबोर्डका टुक्राहरूमा विभिन्न बनावटका कपडाहरू, अर्थात् नरमपछि कडा, कडापछि नरम कपडा एकएक गर्दै टाँस्ने टाँस्ने (स्थानअनुसार स्थानीय सामग्री प्रयोग गर्न सकिन्छ, जस्तै:- कपास, स्पन्जका टुक्राहरू, ढुङ्गा, काठका टुक्राहरू) । दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकालाई विभिन्न बनावटका सम्पूर्ण कपडाका टुक्राहरूलाई एकएक गर्दै खस्रो, नरम भन्दै छाम्न दिने । कपडाका बनावटलाई एकएक टुक्रा गरी पालैपालो राम्रोसँग (पटकपटक) स्पर्श गरी बनावटको नाम भन्न लगाउने । बालबालिकाको आँखामा पट्टी लगाएर वा आँखा बन्द गरी स्पर्श गरेर (छामेर) प्रत्येक बनावटको नाम भन्न लगाई जोडा मिलाउन लगाउने । यो खेल खेलाउनुअगाडि खेल विधिको बारेमा राम्रोसँग बताउनुपर्छ । यस क्रियाकलापलाई आँखा छोपेर, तथा एकल वा समूहमा पनि गराउन सकिन्छ ।