ज्यामितीय आकार चिन्ने खेल

सिकाइ उद्देश्य

• विभिन्न आकारहरू चिन्न सक्नेछन्, • आकार चिनारीपछि दैनिक जीवनमा प्रयोगमा आउने सामग्रीहरू छुट्याउन सक्नेछन्, • दैनिक जीवनमा प्रयोगमा आउने सामग्रीहरूको आकार भन्न सक्नेछन्, र • स्मरण शक्तिको विकास हुनेछ ।

आवश्यक समाग्रीहरू

विभिन्न ज्यामितीय आकारका पत्तीहरू, विभिन्न ज्यामितीय आकारमा काटेका कागज र कपडाका टुक्राहरू, बालबालिकाले दैनिक प्रयोग गर्ने विभिन्न सामग्रीहरू जस्तै, कापी किताब, घडी (कक्षाकोठामा प्रयोग भएका चित्रहरू ) ।

मुल्याङ्कन

उस्तै आकार भएका वस्तुहरू खोज्न वा नाम भन्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

विभिन्न ज्यामितीय आकारका पत्तीहरू बालबालिकालाई दिएर प्रत्येक आकारलाई एकएक गरी देखाउँदै, स्पर्श गराउँदै नाम भन्ने र भन्न लगाउने । ज्यामितीय आकारसँग वस्तुहरू जोडा मिलाउनका लागि उस्तै आकार भएका वस्तुहरू खोज्न वा नाम भन्न लगाउने । यस्ता क्रियाकलाप पटकपटक दोहोर्‍याउने, साथै काठका ससाना टुक्रा जोडेर सिकाउने । दृष्टिसम्बन्धी समस्या भएका बालबालिकालाई अन्य साथीहरूसँग खेल्न लगाउने । आकारहरू बनाउँदा सबै बालबालिकाले सजिलै खेल्नसक्ने खालको बनाउने, जस्तै:- हात नभएका बालबालिकाले खुट्टाले समात्न मिल्ने खालका आकारहरू बनाउने ।