निसाना लगाउने

सिकाइ उद्देश्य

• स्थूल अङ्गहरूको विकास हुनेछ ।

आवश्यक समाग्रीहरू

नरम बल वा गोटी वा बाल्टिन वा गहिरो बक्सा ।

मुल्याङ्कन

बल फाल्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

भुइँमा गोलो घेरा बनाउने, बाल्टिन वा गहिरो बक्सा राख्ने ।अलिकति पर बल वा गोटीहरू लिएर बालबालिकालाई राख्ने । अब पालैपालो बललाई गोलो घेरा, बाल्टिन वा गहिरो बक्सामा फाल्न लगाउने । जसले गोलो घेरा वा बाल्टिमा छिराउन सक्छ उनीहरूलाई स्याबासी दिने र ताली बजाउन लगाउने ।