ब्रेल क्रियाकलाप

सिकाइ उद्देश्य

• प्रि/ब्रेलको माध्यमबाट अक्षर सिक्नेछन् ।

आवश्यक समाग्रीहरू

अण्डाको क्यारेट, गोलो सानो अण्डाकारका बलहरू, विभिन्न आकारमा काटेर तयारी अक्षरपत्तीहरू ।

मुल्याङ्कन

अक्षरहरूलाई ठीक स्थानमा राख्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

क्रियाकलाप विधि अण्डाको क्यारेटलाई ६ ओटा बल अट्ने आकारमा काट्ने र प्रत्येकमा आवाज आउने विभिन्न बनावट (texture) का बल राख्दै अभ्यास गराउँदै जाने । जुन अक्षर सिकाउन चाहेको हो सोहीअनुसार बलहरूलाई सार्न वा राख्न लगाउने । उदाहरणका लागि ‘क’ सिकाउने हो भने पहिलो र तेस्रो (१ र ३) मा प्वाल बनाउने अरू बन्द राख्ने । त्यसपछि, बललाई १ र ३ नम्बरको प्वालमा राख्न लगाउने । यसरी नै क्रमशः ‘क’ देखि ‘ज्ञ’ सम्मका कार्डहरू तयार गर्ने र बालबालिकालाई एकएक गरेर छाम्न दिने र अक्षर उच्चारण गर्न लगाउने । यो क्रियाकलाप पटकपटक दोहोर्‍याउनु पर्दछ