ध्यान गराउने

सिकाइ उद्देश्य

• ध्यान केन्द्रित गर्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

सङ्गीत

मुल्याङ्कन

ध्यान गर्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई मधुर सङ्गीत बजाएर प्रत्येक दिन आफ्नो श्वासमा ध्यान केन्द्रित गर्न लगाउने । ध्यानको समय क्रमशः थप्दै जाने । सुनाइमा समस्या भएका बालबालिकालाई इशाराबाट ध्यान गर्न निर्देशन दिने; साथै, बौद्धिक अपाङ्गता, अटिज्म भएका बालबालिकालाई शिक्षकले सहायता गरी क्रियाकलापमा सहभागी गराउने ।