समयपत्ती

सिकाइ उद्देश्य

• दैनिक गर्ने क्रियाकलाप समयअनुसार गर्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

समय लेखेका पत्तीहरू, काम गरेको देखाउने चित्रपत्तीहरू ।

मुल्याङ्कन

कुन समयमा के गर्ने भनेर बताउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई समयपत्तीमा भएको समय देखाउँदै हामी कुन समयमा के गर्छौ भनेर बताउने । त्यसपछि कामको नाम भन्ने र बालबालिकालाई समयपत्ती देखाउन लगाउने, जस्तो:- बिहान ७ बजे ओछ्यानबाट उठेको चित्र । यसै गरी, समय भन्ने र बालबालिकालाई के काम गर्ने हो सोको चित्र खोज्न लगाउने । दैनिक गरिने क्रियाकलापहरू बताउँदै यी कार्य गराउने ।