खुल्ला चौर वा स्थानमा खेल्ने

सिकाइ उद्देश्य

• शारीरिक विकास हुनेछ ।

आवश्यक समाग्रीहरू

बाँदरझुण्डी (मङ्कीबार), चिप्लेटी, पिङ ।

मुल्याङ्कन

खुला चउरमा स्वतन्त्ररूपमा खेल्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई बाहिर लैजाने र स्वतन्त्ररूपमा उनीहरूलाई खेल्न मन लागेको क्रियाकलाप गराउने । बालबालिकालाई बाँदरझुण्डी, चिप्लेटी, पिङ खेल्ने ठाउँ छ भने खेल्न दिने वा शिक्षकले सँगै रहेर खेलाउने । यसरी बालबालिका कक्षाबाहिर लैजाँदा प्रयाप्त सुरक्षा उपायहरूमा ध्यान दिनुपर्दछ ।