गाउँखाने कथा

सिकाइ उद्देश्य

• कल्पना क्षमता बढ्नेछ, र • स्मरणशक्ति बढ्नेछ ।

आवश्यक समाग्रीहरू

बाल कथाहरू भएका किताबहरू

मुल्याङ्कन

गाउँखाने कथाको उत्तर दिन वा सोध्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

शिक्षकले गाउँखाने कथा भन्ने र बालबालिकालाई उत्तर पत्ता लगाउन भन्ने । त्यसका लागि केही सङ्केत पनि दिने । यसै गरी बालबालिकालाई पनि एक आपसमा सोध्न र उत्तर भन्न लगाउने । उदाहरणका लागि:- मेरो २ ओटा खुट्टा छन्, चुच्चो पनि छ, म उडेर एक ठाउँबाट अर्को ठाउँमा जान्छु – म को हो?