अक्षर तथा अङ्क गोटी

सिकाइ उद्देश्य

• अक्षर तथा अङ्क चिन्नेछन्

आवश्यक समाग्रीहरू

काठका अक्षर तथा अङ्क लेखिएका गोटीहरू

मुल्याङ्कन

अक्षरहरू चिन्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई काठका अक्षर लेखिएका गोटीहरू खेल्न दिने ।अक्षर खोज्न लगाउने, मिलाउन लगाउने ।अक्षरहरू मिलाएर शब्द बनाउन र भन्न लगाउने। दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि अक्षरहरूलाई छाम्न मिल्ने बनाउने ।