व्यायाम गराउने

सिकाइ उद्देश्य

• सामान्य शारीरिक व्यायाम गर्नेछन् ।

आवश्यक समाग्रीहरू

मुल्याङ्कन

शारीरिक व्यायाम गर्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई उनीहरूले गर्न सक्ने सामान्य व्यायाम तथा योगा अभ्यास गराउने । योगा गराउँदा सामान्य योगाका स्टेपहरू गराउने र बिस्तारै कठिन स्टेपहरू थप्दै जाने । बालबालिकाको रूचि र अवस्थाअनुरूप योगा तथा सामान्य व्यायामहरू गराउन सकिन्छ । यो क्रियाकलाप गर्नु अगाडि व्यायाम गर्ने तरिकाको बारेमा राम्रोसँग बताउनु पर्दछ । शारीरिकरूपमा कठिनाइ भएका बालबालिकालाई पनि यो क्रियाकलापमा सहभागी गराउन सकिन्छ ।