हराएको पजल भेट्ने

सिकाइ उद्देश्य

• स्मरण शक्तिको विकास हुनेछ ।

आवश्यक समाग्रीहरू

१० ओटा पजलका टुक्राहरू ।

मुल्याङ्कन

पजललाई पूरा गर्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई पजलको सेट मिलाउन दिने । पजलका बीचका १-२ ओटा टुक्राहरू अलिकति पर लुकाइ दिने । अब नपुगेको वा नमिलेको टुक्राहरू खोज्न लगाउने र भेटेपछि पजललाई पूरा गर्न लगाउने । यो खेल एक्लै वा समूहमा खेलाउन सकिन्छ ।