चित्र संयोजन

सिकाइ उद्देश्य

• दृष्टि विभेदीकरण गर्न सक्नेछन्, • एकाग्रता बढ्नेछ, र • समूहकार्यमा रमाउनेछन् ।

आवश्यक समाग्रीहरू

काटिएका चित्रका टुक्राहरू ।

मुल्याङ्कन

समूहमा बसेर चित्र पूरा गर्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकाको ४ देखि ६ जनाको समूह बनाउने । काटिएका चित्रका टुक्राहरूलाई छ्यासमिस पारेर मिसाउने र सबैलाई तास बाँडेझैँ गरी बाँड्ने । सबै चित्रलाई इम्बोस्ड गरेको हुनुपर्दछ । अब एक जनाले आफूसँग भएको एउटा टुक्रा अगाडि राख्ने । त्यसपछि, अर्को साथीले त्यस चित्रको अर्को भाग आफूसँग भएमा त्यसमा राखी चित्र पूरा गर्ने । यसरी क्रमशः सबैले चित्रका टुक्रा राख्दै चित्र पूरा गर्नेछन् । दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि छाम्न मिल्ने चित्रका टुक्राहरू प्रयोग गर्नुपर्छ ।