फल्यास कार्ड

सिकाइ उद्देश्य

• स्मरणशक्तिको विकास हुनेछ, • शब्द भण्डार बढ्नेछ, र • पढाइ सीप विकास हुनेछ ।

आवश्यक समाग्रीहरू

विषयवस्तुमा अधारित फल्यास कार्डहरू ।

मुल्याङ्कन

फल्यास कार्डमा देखाएको चित्र चिन्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई अर्धगोलाकारमा बसाउने । शिक्षकले एकएक गरी फल्यास कार्ड देखाउँदै नाम भन्न लगाउने । फल्यास कार्डलाई छिटोछिटो देखाउँदै जाने । आफैंले नाम भन्न नसक्नेलाई विकल्प दिएर उत्तर दिन लगाउने, जस्तै:- हो/होइन – हो भने एउटा औंला, र होइन भने दुइटा औंला देखाउने ।