रिङ खेल

सिकाइ उद्देश्य

• शारीरिक विकास हुनेछ ।

आवश्यक समाग्रीहरू

प्लाटिष्क पाइप वा निगालो वा साइकलको टायर, पाइपलाई बाहिरबाट बेर्ने/मोड्ने कपडा ।

मुल्याङ्कन

रिङ्ग खेल्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

रिङलाई ठाडो बनाएर राख्ने । बालबालिकालाई रिङभित्र छिर्न लगाउने । रिङअगाडि पछाडि सारिदिने, फेरि छिर्न लगाउने । यसै गरी रिङ्गलाई भुइँमा सुताएर । बालबालिकालाई उफ्रेर रिङभित्र छिर्न र निस्कन लगाउने । यसरी उफ्रदाँ भित्र-बाहिर, भित्र-बाहिर, बाहिर-बाहिर, भित्र-भित्र भनेर यस खेललाई अझ रमाइलो बनाउने । रिङ्गलाई गुडाएर पनि खेलाउन सकिन्छ । यो खेल कक्षाभित्र र बाहिर खेल्न सकिन्छ यसै गरी कम्मरमा रिङ्ग राखेर घुमाउँदै हुलाहुप पनि खेलाउन सकिन्छ ।