शैक्षिक सामग्री चिनारी

सिकाइ उद्देश्य

• विभिन्न शैक्षिक सामग्रीहरूको पहिचान गर्न सक्नेछन्, • सामग्रीको सही प्रयोग गर्न सक्नेछन्, र • सामग्रीको महत्व बताउन सक्नेछन् ।

आवश्यक समाग्रीहरू

शैक्षिक सामग्रीका चित्र, मार्कर, चार्ट पेपर, चित्रपत्ती, शब्दपत्ती ।

मुल्याङ्कन

शैक्षिक सामग्रीको नाम भन्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

शैक्षिक सामाग्रीका इम्बोस्ड गरिएका चित्र देखाएर त्यसको प्रयोग गर्ने तरिका र फाइदा शिक्षकले बताउने । बालबालिकालाई नै चित्रपत्ती र शब्दपत्ती मिलाउन लगाउने । विभिन्न सामग्रीको वर्गीकरण गर्न लगाउने । उक्त सामग्रीहरू प्रयोग गर्ने तरिकाबारे वर्णन गर्न लगाउने । कक्षाकोठामा हुने विभिन्न सामग्रीहरूबीच तुलना गर्न लगाउने । दृष्टि, सुनाइ र विकासात्मक अपाङ्गता भएका बालबालिकाका लागि शैक्षिक सामग्रीका बारेमा बताउन, प्रयोग र अभ्यासको तरिका बुझाउन ती सामग्री छाम्न दिएर, सङ्केतको प्रयोग गरेर देखाउँदै सहजीकरण गर्ने ।