जनावरको चिनारी, जस्तै:- घरपालुवा जनावर, जङ्गली जनावर

सिकाइ उद्देश्य

• जनावर चिन्न सक्नेछन्, र जनावरको नाम भन्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

जनावरको चित्र, खेलौना/ मोडलहरू, जनावरका चित्र, चार्ट पेपर, कैंची, गम, रङ्ग ।

मुल्याङ्कन

जनावरको नाम भन्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

विभिन्न जनावरको इम्बोस्ड गरिएका चित्र देखाएर नाम भन्न लगाउने । चित्र देखाउँदै जनावरको आवाज निकाल्ने र बालबालिकालाई पनि त्यस्तै आवाज निकाल्न लगाउने । विभिन्न जनावरको नाम भन्न, चित्र चिन्न, आवाज चिन्न, लगाउने । घरपालुवा तथा जङ्गली जनावरहरूको वर्गीकरण गर्न लगाउने । जनावरको चित्र काटेर चार्ट पेपरमा टाँस्न लगाउने । यसै गरी चित्रमा भएका जनावरको नाम लेखी शब्दपत्ती बनाउने । बालबालिकालाई चित्र र शब्द जोडा मिलाउन लगाउने ।