दैनिक जीवनउपयोगी सीप

सिकाइ उद्देश्य

• दैनिक जीवनमा आवश्यक पर्ने सीपहरू सिक्नेछन्,र • दैनिक जीवनउपयोगी सीप प्रयोग गर्नेछन् ।

आवश्यक समाग्रीहरू

टाँक, तुना, चेन वा जीपर, भेलक्रो, अन्य खाले बटनहरू भएका लुगा ।

मुल्याङ्कन

टाँक, जीपर लगाउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

शिक्षकले लुगामा टाँक लगाएर देखाउने । शिक्षकले देखाए जस्तै गरी प्रत्येक बालबालिकालाई आआफ्नो शर्टको टाँक लगाउन लाउने । यसै गरी जीपर (zipper) लगाउने, मोजा लगाउने, तुना बाँध्ने, भेलक्रो लगाउने अभ्यास गराउन सकिन्छ । टाँकको चित्र बनाउने र रङ्ग भर्न लगाउने । गीत, अभिनय, कथामार्फत पनि टाँक लगाउने क्रियाकलाप गर्न सकिन्छ ।