चाडवार्ड चिनारी

सिकाइ उद्देश्य

• बर्षभरि मनाइने चाडपर्वको नाम भन्न सक्नेछन्, र । • चाडपर्वमा गरिने क्रियाकलापहरूको बारेमा बताउन सक्नेछन् ।

आवश्यक समाग्रीहरू

चाडपर्व झल्कने फोटो, चित्र, रङ्ग, मार्कर, चार्ट पेपर, टेप, कैंची, स्केच पेपर, चित्रपत्ती र शब्दपत्ती ।

मुल्याङ्कन

स्थानीय चाडबाडको बारेमा बताउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

बालबालिकालाई विभिन्न चाडबाड झल्कने भेषभूषा, खानेकुराका बारेमा देखाउने, चिनाउने, खुवाउने, चिन्न लगाउने । शब्दपत्ती र चित्रपत्तीबीच जोडा मिलाउन लगाउने । स्केच पेपरको चाडबाड झल्कने चित्रमा रङ्ग भर्न लगाउने । सकेसम्म शब्दपत्ती र चित्रपत्तीमा ब्रेल (इम्बोस) र सङ्केतको प्रयोग गर्ने, साथै ठूलो साइज, रङ्गीन तथा आकर्षक बनाउने । स्थानीय परिवेशमा मनाइने चाडबाडसँग जोडेर महिना चिनाउने । चित्र लेखाइ र रङ्ग छनोटमा ध्यान दिनु पर्दछ । बालबालिकालाई सकेसम्म प्रत्यक्षरूपमा चाडबाडमा सहभागी गराउनु राम्रो हुन्छ । कक्षामा स्थानीय तहमा मनाउने चाडपर्व मनाउने । समूहकार्य गराउँदा अपाङ्गता भएका बालबालिकाको अवस्थाअनुसार उपयुक्त भूमिका दिने र आवश्यक सहयोग गर्ने ।