हाजिरी गर्ने

सिकाइ उद्देश्य

• कक्षाकोठामा आफ्नो उपस्थिति जनाउनेछन्, • आफ्ना साथीहरू को-को आउनुभयो, को को आउनुभएन थाहा पाउनेछन्, र • फोटोहरूबाट आफ्नो साथीहरू चिन्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

ठूलो आकारको सबै बालबालिकाको फोटो, डिस्प्ले बोर्ड, ग्लु, पीन, टेप, भेलक्रो इम्बोस्ड र ध्वनि जडित चित्रहरू (फोटो), घर र विद्यालयको चित्र भएको बोर्ड ।

मुल्याङ्कन

कक्षामा उपस्थिति जनाउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

ढोकाको छेउमा हाजिरी बोर्ड बनाउने । सबै बालबालिकाको फोटोपछाडि टेप वा भेलक्रो राखेर टाँस्न मिल्ने बनाउने । बालबालिका कक्षाकोठामा प्रवेश गरिसकेपछि आफ्नो फोटो लिएर विद्यालयको फोटो भएको बोर्डमा टाँस्न लगाउने । दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि फोटो राख्ने स्थानमा बत्ती बाल्ने, सानो आवाज आउने बनाउने तथा फोटोमा इम्बोस्ड गर्ने । यसै गरी घर जाने बेलामा पनि विद्यालयमा भएको आफ्नो फोटो घरको चित्र भएको बोर्डमा टाँस्न लगाउने ।