समुदायको अवलोकन भ्रमण (Community visit)

सिकाइ उद्देश्य

• आफ्नो वरिपरिको स्थान, आफू बस्ने ठाउँ चिन्नेछन्, • आफ्नो वरपरको बाटोको जानकारी हुनेछ, • समुदायमा रहेका मठ-मन्दिर, पुलिस स्टेशन, विद्यालय, अस्पतालको बारेमा जानकारी पाउनेछन् ।

आवश्यक समाग्रीहरू

समुदायमा जाँदा आवश्यक यातायातका साधन र सुरक्षा सामग्रीहरू ।

मुल्याङ्कन

घुम्न गएका स्थानका बारेमा बताउन सके नसकेको हेर्ने । क्रियाकलाप विधि

क्रियाकलाप विधि

बालबालिकालाई सहज हुने गरी विद्यालयको वरपरको स्थानमा सावधानीपूर्वक अवलोकन गराउनका लागि तयार गराउने । बाहिरी अवलोकनका लागि चाहिने थप सहयोगी / कर्मचारी पनि सँगै लैजाने । सकेसम्म सरल र सम्झन सक्ने बाटो प्रयोग गरी वरपर रहेका सङ्घ, संस्था, मठ-मन्दिरहरू देखाउँदै घुमाउने । यसै गरी बगैंचा, पार्क वा अन्य स्थानमा पनि लैजाने । आवश्यकताअनुसार यस क्रियाकलापमा अभिभावकलाई पनि सहभागी गराउन सकिन्छ । दृष्टिसम्बन्धी र सुनाइसम्बन्धी अपाङ्गता भएका बालबालिकालाई बोलेर तथा सङ्केत वा साङ्केतिक भाषाको माध्यमबाट स्थानको बारेमा बताउने ।