चित्रको नाम भन्ने

सिकाइ उद्देश्य

• चित्रपत्तीमा रहेको चित्रको नाम भन्न सक्नेछन्, • शब्दपत्तीको नाम पढ्न सक्नेछन्, र • समस्या समाधान गर्ने सीप सिक्नेछन् ।

आवश्यक समाग्रीहरू

चित्रपत्ती, नामपत्तीहरू ।

मुल्याङ्कन

चित्रपत्ती र शब्दपत्ती मिलाउन सके नसकेको हेर्ने । क्रियाकलाप विधि

क्रियाकलाप विधि

बालबालिकालाई गोलो घेरामा राखी ६ ओटा इम्बोस्ड गरेका चित्रपत्ती र नामपत्तीको परिचय दिने । चित्रसँग सम्बन्धित छलफल गर्ने र गराउने । चित्रपत्ती र नामपत्ती राखेर प्रदर्शन गरेर देखाउने । बालबालिकालाई चित्रपत्तीहरू क्रमिकरूपमा बायाँदेखि दायाँ राख्न लगाउने । चित्रपत्तीसँग सम्बन्धित नामपत्तीहरू चित्रपत्तीको मुनि नाम उच्चारण गर्दै राख्न लगाउने । यो क्रियाकलाप सबै बालबालिकालाई पालैपालो गर्न लगाउने । दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि आवश्यकताअनुसार क्रियाकलाप दोहोर्‍याउने । सङ्केत प्रयोग गरी चित्र र शब्दको जोडा मिलाउन लगाउने ।