टावर बनाउने

सिकाइ उद्देश्य

• सूक्ष्म मांसपेशीको विकास हुनेछ, • स्पर्श क्षमताको विकास हुनेछ, • दृष्टि विभेदीकरण (visual discrimination) गर्न सक्नेछन्, र • क्रमबद्धताको क्षमता विकास (Sequencial) हुनेछ ।

आवश्यक समाग्रीहरू

विभिन्न रङ्ग, आकार र प्रकारका सामग्रीहरू, जस्तै:- बट्टाहरू, गिलास, कचौरा, काठका टुक्राहरू ।

मुल्याङ्कन

बालबालिकाले टावर बनाउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

सबै सामग्री सङ्कलन गरी बालबालिकाको अगाडि राख्ने । दृष्टिसम्बन्धी अपाङ्गता भएका बालबालिका छन् भने सबै सामग्री (ठूलोदेखि सानो) पालैपालो स्पर्श गर्न दिने र खेलको अवधारणा बताइदिने । शिक्षक वा सहजकर्ताले ठूलोदेखि सानो राख्दै क्रम मिलाउने, र एकमाथि अर्को वस्तु राखेर टावर बनाएर देखाउने । पालैपालो सबै बालबालिकालाई यसै गरी टावर बनाउन लगाउने । बालबालिकालाई खेलाउनुअगाडि खेल विधिको बारेमा राम्रोसँग बताउनुपर्छ ।