बिन ब्याग खेलाउने

सिकाइ उद्देश्य

• आँखा र हातबीच समन्वयको विकास हुनेछ, • स्थूल तथा सूक्ष्म अङ्गहरूको विकास हुनेछ, र • शारीरिक सन्तुलनको विकास हुनेछ ।

आवश्यक समाग्रीहरू

विभिन्न आकारका र रङ्गका बिन ब्यागहरू ।

मुल्याङ्कन

बिनब्याग खेल्न सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

विभिन्न आकारका कपडाका थैला (बिन ब्याग) बनाउने । उक्त थैलामा खस्रो, मसिनो सामानहरू, जस्तै:- रुवा, स्पन्ज, पराल, भुस, कपडाका टुक्रा आदि भर्ने । बालबालिकालाई स्वतन्त्र भएर खेल्न दिने साथै समूह मिलाएर एकअर्कामा पास गर्ने । यसै गरी कुनै बक्सा वा चिन्ह लगाएको ठाउँमा बिन ब्यागको निसाना लगाउने खेल खेलाउने । यस्ता क्रियाकलाप पटकपटक अभ्यास गराउने । बिन ब्यागले एउटा निश्चित दूरीमा बट्टाहरू, गिलास, कचौरा, काठका टुक्राहरूका टावर राखेर लडाउन वा निसाना लगाउन सकिने छ । बालबालिकालाई खेलाउनुअगाडि खेल विधिको बारेमा राम्रोसँग बताउनुपर्छ ।