क्रम (Sequence) मिलाउने खेल

सिकाइ उद्देश्य

• बौद्धिक क्षमताको विकास हुनेछ, र स्मरण शक्ति विकास हुनेछ ।

आवश्यक समाग्रीहरू

कुनै पनि घटनाका टाँस्न मिल्ने चित्रहरू (भेलक्रो लगाएको), घटना विवरणहरू, फलाटिनको बोर्ड ।

मुल्याङ्कन

बालबालिकाले क्रम मिलाउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

५ देखि ७ ओटा मात्र इम्बोस्ड गरेका चित्रहरू लिने । चित्रहरूसँग मिल्ने गरी घटना वा कथा सुनाउदै चित्रको क्रम मिलाउने । कथा भन्दा हाउभाउ तथा सङ्केतसहित भन्ने । बालबालिकालाई चित्र दिँदै क्रममा राख्दै कथा वा घटनाको बारेमा बताउन लगाउने/ अभ्यास गराउने । यसरी नै बालबालिकाका लागि दैनिक जीवनमा गरिने क्रियाकलापलाई पनि क्रम मिलाएर राख्ने अभ्यास गराउन सकिन्छ, जस्तैः हात धुने, खाना खाने आदि ।