प्रि-ब्रेल क्रियाकलाप

सिकाइ उद्देश्य

• स्पर्शको माध्यमबाट (छोएर) वस्तुको आकार तथा स्थान थाहा पाउनेछन्

आवश्यक समाग्रीहरू

अण्डाको क्यारेट, गोलो सानो बल वा गोटी वा दानाहरू, अण्डाकार बलहरू ।

मुल्याङ्कन

स्थान थाहा पाउन सके नसकेको हेर्ने ।

क्रियाकलाप विधि

क्रियाकलाप विधि अण्डाको क्यारेट लिने र ६ ओटा अण्डा अट्ने आकारमा काट्ने । त्यसपछि, प्रत्येक स्थानमा बल राख्न लगाउने । यसरी बल राख्दा १, २ देखि ६ ओटासम्मको स्थान मात्र थाहा पाउने अभ्यास गराउने । यसै गरी पैसा वा सानो वस्तु राख्ने अभ्यास गराउँदै लैजाने । यसरी बालबालिकालाई आवाज आउने वस्तुहरू, विभिन्न बनावट (texture) का वस्तुहरू राख्न लगाउँदा वस्तु र स्थान थाहा पाउन सहज हुन्छ । साथै क्यारेटको सट्टामा कार्टुनमा प्वाल पारेर पनि स्थान थाहा पाउने र बल वा वस्तुहरू राख्ने अभ्यास गराउन सकिन्छ ।