अङ्ग मिलाउने खेल

सिकाइ उद्देश्य

• अङ्गको नाम भन्न सक्नेछन् ।

आवश्यक समाग्रीहरू

चित्रपत्तीमा अङ्गहरूको चित्र राख्ने ।

मुल्याङ्कन

• अङ्गको नाम भन्न सक्नेछन् ।

क्रियाकलाप विधि

शिक्षकले खेलौना वा गुडिया लिने । अनुहारका भागहरूका ५ ओटा इम्बोस्ड गरिएका चित्र – आँखा, कान, नाक, कपाल, मुख लिने । गुडियाको अनुहारमा जस्तो आँखा देखाउँदै आँखाको चित्रपत्ती टाँस्ने । त्यसै गरी, क्रमश: नाक, कान देखाउँदै टाँस्ने । बालबालिकालाई पटकपटक झिक्दै नाम भन्दै टाँस्न लगाउने । यो कार्य साथीहरूको जोडामा पनि गराउन सकिन्छ ।