नेपाली English Fri, Mar 29, 2024   |   |

प्रारम्भिक बालविकास शाखा

यस शाखाको कार्यविवरण :

१.    प्रारम्भिक बालविकास कार्यक्रम संचालन सम्बन्धी रणनीति, मापदण्ड तथा बार्षिक राष्ट्रिय कार्यक्रम तर्जुमा सम्वन्धी कार्यहरु गर्ने ।
२.    प्रारम्भिक बालविकास र शिक्षा एवं स्वास्थ्य जस्ता अन्तरसम्बन्धित विषयहरुको कार्यान्वयनमा अन्तरनिकाय समन्वयसम्बन्धी कार्यहरु गर्ने ।
३.    विद्यालयमा दिइने दिवाखाजा लगायत विद्यालय स्वास्थ्य तथा पोषण सम्वन्धी आधारहरु तथा मादण्डको तर्जुमा सम्वन्धी कार्यहरु गर्ने । 
४.    प्रारम्भिक बाल शिक्षा र विद्यालय स्वास्थ्य तथा पोषण र खानेपानी र सरसफाइ सम्वन्धी काम गर्ने गैह्रसरकारी संस्थाका कामहरुमा समन्वय, सहजीकरण तथा नियमन सम्वन्धी कार्यहरु 
गर्ने । 
५.    प्रारम्भिक बालविकासमा कार्यरत सहयोगी कार्यकर्ताहरुको राष्ट्रिय योग्यता तथा मापदण्ड एवं छनौटसम्बन्धी सहजिकरणका कार्यहरु गर्ने । 
६.    बालअधिकारको कार्यान्वयनका लागि समन्वय र साझेदारीसम्बन्धी कार्यहरु गर्ने  ।
७.    बालविकास केन्द्रहरुको पूर्वाधार विकाससम्बन्धी तोकिएका कार्यहरु गर्ने ।
८.    समावेशीता, अपाङ्गता, सांकेतिक भाषा, सूचना प्रविधि लगायतका विषयक्षेत्रमा तोकिएका प्रारम्भिक बाल विकाससँग सम्वन्धित कार्यहरु गर्ने । 
९.    प्रारम्भिक बालविकासका क्षेत्रमा कार्यरत राष्ट्रिय संस्थाहरुका कार्यक्रमहरुबीच समन्वय 
गर्ने ।
१०.    प्रारम्भिक बालविकास र शिक्षाका क्षेत्रमा तोकिएका अन्य कार्यहरु गर्ने ।
११.    महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने ।