नेपाली English Thu, Apr 18, 2024   |   |

योजना तथा अनुगमन शाखा

यस शाखाको कार्यविवरण :

१.    विद्यालय शिक्षा सम्बन्धी आयोजना र कार्यक्रमहरु तर्जुमा तथा कार्यान्वयन गर्न प्राविधिक सहयोग एवम् योजना निर्माण तथा विश्लेषण गर्ने गराउने ।
२.    विद्यालय क्षेत्र विकास कार्यक्रम, पढाइ सीप प्रवर्धन लगायत राष्ट्रिय शिक्षा विकास केन्द्र मार्फत् सञ्चालन हुने शिक्षा सम्बन्धी सबै आयोजनाहरु तथा बजेट उपशीर्षकहरुको बार्षिक योजना तथा कार्यक्रम बनाई स्वीकृतिका लागि पेश गर्ने ।
३.    विद्यालय क्षेत्र विकास कार्यक्रम, पढाइ सीप प्रवर्धन लगायत विद्यालयस्तरमा सञ्चालन हुने शिक्षा सम्बन्धी सबै आयोजनाहरुको लागि स्थानीय तहगतरुपमा आवश्यक बजेट तथा अनुदान विवरण तयार गरी पेश गर्ने ।
४.    अनौपचारिक, वैकल्पिक तथा निरन्तर शिक्षा सम्बन्धी योजना, कार्यक्रम तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्य गर्ने ।
५.    विद्यालय शिक्षाको लागि भौतिक सुविधा सहितको न्यूनतम सिकाई अवस्थाको योजना निर्माण गर्ने तथा कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापन एवम् सहजीकरणसम्बन्धी कार्य 
गर्ने ।
६.    विभिन्न दातृ निकायहरुसँग भएको सम्झौताका आधारमा सञ्चालन हुने योजना तथा परियोजनाहरुको समन्वय गर्ने र ति निकायहरुसँग समन्वय तथा संयुक्त वैठक सञ्चालन गर्ने सम्वन्धी कार्यहरु गर्ने ।
७.    शिक्षा तथा मानव स्रोत विकास केन्द्रवाट सन्चालन भएका सबै कार्यक्रमहरुको अनुगमन योजना वनाइ पेश गर्ने, स्वीकृत योजनाको आधारमा अनुगमन तथा आवधिक समीक्षा सम्वन्धी कार्यहरु गर्ने ।
८.    कार्यक्रम व्यवस्थापन प्रणाली शैक्षिक सूचना व्यवस्थापन प्रणाली तथा आर्थिक सूचना व्यवस्थापन प्रणालीहरुबाट उपलब्ध सूचनाहरुको आधारमा सञ्चालित कार्यक्रमहरुको प्रभावकारिता विश्लेषण गरी कार्यक्रमहरुमा उचित सुधार ल्याउन उपलब्धिको समीक्षा गर्ने गराउने ।
९.    सरकारी तथा गैरसरकारी संस्था एवम् तालिम प्रदायक संस्थाहरुसँग समन्वय, साझेदारी र सहकार्यमा शैक्षिक गुणस्तर सुधार सम्बन्धी कार्यक्रम तर्जुमा तथा कार्यान्वयन र ति कार्यहरुको आवधिक समीक्षा सम्बन्धित कार्यहरु गर्ने ।
१०.    विद्यालय शिक्षामा पहुँच र निरन्तरता अभिवृद्धिका लागि छात्रवृत्ति, दिवाखाजा लगायत प्रोत्साहनमूलक कार्यक्रम तर्जुमा, कार्यान्वयन तथा समीक्षासँग सम्बन्धित कार्यहरु गर्ने ।
११.    विद्यालयमा हुने विपद जोखिम न्यूनीकरणका लागि सुरक्षित विद्यालयका लागि कार्यक्रम तर्जुमा तथा कार्यान्वयनमा सहजीकरण गर्ने ।
१२.    केन्द्रका सबै शाखाहरुलाई ति शाखासँग सम्वन्धित तोकिएको आर्थिक बर्षको निम्ति सम्पादन गरिएका काम कारबाहीहरु झल्किने गरी लक्ष्य एवम् प्रगति सहितको वार्षिक कार्य योजना र आवधिक तथा वार्षिक स्थिति प्रतिवेदन पेश गर्न लगाइ त्यसलाई एकीकृत गर्ने । 
१३.    महाशाखावाट तोकिएका अन्य कार्यहरु गर्ने ।