नेपाली English Fri, Apr 19, 2024   |   |

शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा

शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखाको कार्यविवरण

१.    परम्परागत शिक्षा प्रणाली ९गुरूकूल, गुम्बा, गोन्पा, मदरसा० लगायत, बैकल्पिक एवम् खुला शिक्षा तथा निरन्तर सिकाइ सम्बन्धी नीति एवम् मापदण्ड निर्धारण तथा कार्यान्वयनमा समन्वय र सहजीकरण सम्बन्धी कार्यहरु । 
२.    अनौपचारिक शिक्षा, सामुदायिक अध्ययन केन्द्र तथा निरन्तर शिक्षाको नीति तर्जुमा, योजना विकास र नियमन गर्ने गराउने कार्यहरु ।
३.    भाषिक, लैङ्गिक, अपाङ्गता लगायतका विविधतालाई व्यवस्थापन गर्न समावेशी शिक्षा नीति अनुरूपका कार्यक्रमहरू तर्जुमा एवम् कार्यान्वयन सम्वन्धी कार्यहरु ।
४.    दूर शिक्षारखुला सिकाइ कार्यक्रमको लागि श्रव्य तथा श्रव्यदृष्य सामग्री विकास एवम् प्रसारण गर्ने, गराउने सम्वन्धी कार्यहरु ।
५.    मातृभाषामा शिक्षासम्बन्धी आवश्यक मापदण्ड, रणनीति तथा कार्यक्रम तर्जुमा सम्वन्धी कार्यहरु ।
६.    विद्यालयबाहिर रहेका विद्यालय जाने उमेरका बालवालिकाहरुलाई विद्यालय भित्र ल्याउन आवश्यक पर्ने लक्षित कार्यक्रमहरु संचालनसम्बन्धी कार्यहरु ।
७.    भर्चुअल कक्षा तथा शैक्षिक कार्यक्रम विकास, सञ्चालन, प्रशारण एवम् सो कार्यमा समन्वय गर्ने, गराउने सम्वन्धी कार्यहरु ।
८.    विद्यालय शिक्षामा सूचना प्रविधिको प्रयोगका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन एवम् सहजीकरण सम्वन्धी कार्यहरु ।
९.    देशभरका विद्यालयहरुमा इन्टरनेटको पहुँच सम्बन्धी कार्यक्रम विकास र अन्तरनिकाय समन्वयसम्बन्धी कार्यहरु ।
१०.     निरन्तर सिकाइका नमूना परीक्षण कार्यक्रमहरू सञ्चालन गर्ने र प्राप्त नतिजाका आधारमा आवश्यक सुधारका नीति तथा कार्यनीति तर्जुमा सम्वन्धी कार्यहरु ।
११.    विभिन्न सरकारी तथा गैह्र सकारी संस्थाहरूसँग साझेदारी र सहकार्यमा अनौपचारिक शिक्षा, दुर शिक्षा, निरन्तर सिकाइ तथा अनलाइन अफलाइन तालिम लगायतका विषयहरुमा कार्यक्रम तर्जुमा एवम् कार्यान्वयन ।
१२.    विद्यालय शिक्षा, निरन्तर सिकाइ र सेवाकालीन शिक्षक तालिमको लागि डिजिटल सामग्रीहरुको विकास, उत्पादन, वितरण  र प्रसारण सम्वन्धी कार्यहरु ।
१३.    शैक्षिक परामर्श सम्वन्धी कार्यहरु ।
१४.    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा केन्द्रवाट तोकिएका अन्य कार्यहरु ।
 

यस महाशाखाअन्तर्गत देहायअनुसारका पाँच ओटा शाखाहरू छन् । ती शाखाहरूले गर्ने कार्यको समन्वय, निर्देशन, नियन्त्रण, अनुगमन र मूल्याङ्कन गर्नु यस महाशाखाका मुख्य कार्य हुनेछ ।

 शाखागत कार्यविवरण सम्बन्धित शाखामा उपलब्ध रहेको छ ।